Info

दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त शेयर ब्रोकर हो। बिक्रम सम्बत २०६७ साल देखि शेयर खरिद बिक्री सेवा प्रदान गर्दै आइरहेको दीपशिखाले ब्रोकरहरु मध्ये सबैभन्दा पहिले डिपी सेवा दिन सुरु गरेको हो। दीपशिखाको सदस्य दलाल संकेत नम्बर ३८ हो र यस कम्पनीले काठमाडौं स्थित अनामनगरमा रहेको रानाभाट कम्प्लेक्स र धनगढी,लम्की , महेन्द्रनगर ,चितवन टाँडीबाट रिमोर्ट वर्क स्टेसन (RWS) मार्फत शेयर खरिद बिक्री, डिपी लगायतका सेवा प्रदान गर्दै आइरहेको छ। दुई जना सञ्चालक भएको दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि को २० करोड रुपैयाँ चुक्ता पुँजी र ब्रोकरहरु मध्ये सबैभन्दा बढी नेटवर्थ रहेको छ।